सडकमा खाल्टाखुल्टी टालटुल गर्न ८ अर्ब स्वा-तर खाल्टाखुल्टी जस्ताको तस्तै

आश्विन १४,२०७६

-

असोज १४, २०७६  काठमाडौं ।
 
खाल्टाखुल्टीका कारण मुख्य राजमार्गहरूमा सहजरूपमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुँदै आएको छ। सरकारले स्तरोन्नति गर्ने सडकमा वर्षेनी टालटुल मात्र गर्ने नीतिका कारण अधिकांश सडकमा खाल्टाखुल्टी पर्ने गरेको छ।
 
व्यवस्थित राख्नुपर्ने मुख्य राजमार्गमा खाल्टाखुल्टीका कारण यातायात सञ्चालन गर्न कठिनाइ त छँदै छ समयमा नै यात्रुले गन्तव्यमा पुग्न नसक्ने सास्ती पनि खेप्दै आएका छन्।
 
सरकारले सडकको स्तरोन्नति गर्नेतर्फ भन्दा पनि टालटुल गर्न ध्यान दिएका कारण मर्मत गर्न खर्चिएको लगानी बालुवामा पानीजस्तै भएको छ। टालिएका सडक दुई महिना पनि टिक्दैनन्। तर, सरकारले भने सडक टाल्ने कामलाई नै प्राथमिकता दिँदै आएको छ।
 
गुणस्तरहीन सडक निर्माण गर्दा वार्षिक अर्बौं रुपियाँ सडकका खाल्टाखुल्टी पुर्नमा खर्च गर्दै आएको छ। अधिकांश सडक निर्माण सम्पन्न नहुँदै भत्कने क्रम शुरू हुने भएकाले सरकारले ठूलो बजेट सडक टाल्नकै लागि खर्च गर्नुपर्ने बाध्यता रहेको छ। आजको नेपाल समाचारपत्रमा खबर छ ।