पाकिस्तानका टेस्ट र टी-२० क्रिकेट टिमको कप्तान सरफराज अहमदलाई बर्खास्त

कार्तिक ०१,२०७६

-

कार्तिक १, २०७६ काठमाडौं । 
 
पाकिस्तानको टेस्ट र टी-२० क्रिकेट टिमको कप्तानबाट सरफराज अहमदलाई बर्खास्त गरिएको छ ।
 
नोभेम्बर–डिसेम्बरमा हुने अस्ट्रेलियाको सिरिजका लागि दुवै फर्म्याटबाट उनलाई हटाइएको हो । हालै श्रीलंकाविरुद्धको टी-२० सिरिज ३-० ले पराजित भएपछि पाकिस्तानी टिमका कप्तान अहमदको चर्को आलोचना भएको थियो ।
 
अहमदको ठाउँमा पाकिस्तानले टेस्ट र टी २० दुई फर्म्याटका लागि दुई जना कप्तान नियुक्त गरेको छ । टेस्ट टिमको कप्तानी अजहर अलीले गर्नेछन् भने बाबर आजमले टी २० को कप्तानी गर्नेछन् ।
 
अजहरलाई २०१९-२० को टेस्ट च्याम्प्यिनशिपसम्म र बाबरलाई अर्को वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकपसम्मका लागि कप्तान तोकिएको छ ।