राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण फलदायी रहेको परराष्ट्रमन्त्री ज्ञवालीद्धारा जानकारी

कार्तिक ०४,२०७६

-

 कात्तिक ४,२०७६ काठमाडौं ।
 
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमण निकै फलदायी भएको बताएका छन् ।
 
राष्ट्रपति भण्डारीसँगै म्यानमार भ्रमणमा गएर सोमबार स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
 
मन्त्री ज्ञवालीले राष्ट्रपतिको म्यानमार भ्रमणले दुई देशबीचको सम्बन्ध अझै सुमधुर र मजबुद् बनेको स्पस्ट पारे ।
 
परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमण वर्ष २०२० लाई लक्षित गरी म्यानमारका जनतालाई नेपाल आउन निम्ता दिएको भन्दै बढीभन्दा बढी म्यानमारका नागरिक आउने विश्वास व्यक्त गरे ।
 
दुई मुलुकबीच सीधा हवाइ सेवा नभएकाले नेपालको भ्रमणमा आउन म्यानमारका जनतालाई केही कठिनाइ भएको त्यहाँका सरकारी अधिकारीले बताएको उनको भनाइ थियो ।
 
परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणकाक्रममा दुई देशबीचको आर्थिक पक्ष, पर्यटनलगायत व्यापारमा लगानी गर्ने विषयमा छलफल भएको बताए ।
 
राष्ट्रपति भण्डारीले गएको असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यानमारको राजकीय भ्रमण गरेकी हुन् । त्यहाँबाट उनी औपचारिक भ्रमणका सिलसिलामा आइतबार जापान पुगेकी छन् ।