प्रदेश ५ः फर्जी कागजात बनाएर लोकसेवा सदस्य

कार्तिक ०५,२०७६

-

कात्तिक ५, २०७६  काठमाडौं ।
प्रदेश ५ को लोकसेवा आयोगमा फर्जी कागज बनाएर सदस्य नियुक्त गरिएको खुला भएको छ । तीन सदस्यीय आयोगका लागि मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको समितिले सिफारिस गरेको महिला सदस्य राहेल पोखरेलको कागजात फर्जी देखिएपछि नियुक्त दुवै सदस्यको शपथग्रहण रोकिएको छ । 
 
आयोग अध्यक्षमा सरकारले साउन पहिलो साता अर्घाखाँचीका डिलाराम भट्टराईलाई नियुक्त गरेको थियो । थप दुई सदस्य सिफारिस भएकामा गुल्मीका बबुराम गौतम र रुपन्देहीकी पोखरेल प्रदेशप्रमुख उमाकान्त झाबाट बिहीबार नियुक्त भएका छन् । राहेल प्रदेशसभा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलकी बहारी हुन् । 
 
सिफारिस समितिमा उनी र सभामुख सदस्य छन् । नियुक्तीको खबर बाहिरीएपछि पोखरेलका विषयमा कागजपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कान्तिपुर दैनिकमा खबर छ।