संवैधानिक परिषदको निर्णय सहमतिमा गर्न प्रधानमन्त्रीलाई देउवाको आग्रह

कार्तिक ०५,२०७६

-

कार्तिक ५,२०७६ काठमाडौं ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषदका निर्णयहरु सहमतिमै हुनुपर्ने बताएको छ ।
 
कांंग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकमा परिषदका पछिल्ला निर्णयहरुको समीक्षा भएको थियो । कतिपय निर्णय विपक्षी दलको नेताको अनुपस्थितिमै भएको भन्दै कांग्रेसले त्यो परिषद् गठनको मर्मविपरीत भएको बताएको छ ।
 
कांग्रेसका एक पदाधिकारीले भने, सरकारले जे चाहन्छ, त्यो मात्र निर्णय गर्ने भए त संवैधानिक परिषद किन गठन गर्नुपर्थ्यो र? त्यसैले सहमतिका आधारमा निर्णय गर्नुपर्छ भन्ने हाम्रो जोड रह्यो ।’
 
स्रोतका अनुसार बैठकलगतै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर पार्टीको धारणा सुनाएको बताइएको छ ।