आहार-पूरक भनिने औषधि सिफारिस नगर्न चिकित्सकहरुलाई चेतावनी

कार्तिक ०५,२०७६

-

कार्तिक ५,२०७६ काठमाडौं ।
औषधि व्यवस्था विभागले आहार–पूरक भनिने औषधि वा सामग्री सिफारिस नगर्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।
 
विभागले मंगलबार सूचना जारी गरी एकभन्दा बढी तत्व समावेश गरिएको विभिन्न भिटामिन वा ‘टनिक’ किसिमका औषधिहरु सिफारिस र बिक्री-वितरण रोक्न आग्रह गरेको हो ।
 
विभागले यस्ता औषधि बिक्री-वितरण र आयात भएको पाइए औषधि ऐन-२०३५ अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
 
विभागले यस्ता आहार(पूरक औषधि र खाद्य सामग्री बिक्री-वितरण नगर्न पटक-पटक सूचना जारी गरिसकेको छ । तर, यसको बिक्री-वितरण भने रोकिएको छैन ।