बेलायतमा ३९ जनाको हत्या आरोपमा लरी २५ वर्षीय चालकमाथि अभियोग दर्ता

कार्तिक १०,२०७६

-

कात्तिक १०, २०७६ काठमाडौं ।
बेलायतको एसेक्स शहरमा एउटा लरी कन्टेनरमा ३९ जना मृत भेटिएको घटनामा प्रहरीले सोही लरी चालकमाथि हत्या अभियोग दर्ता गरेको छ ।
 
लरी चालक उत्तरी आयरल्याण्डका २५ वर्षीय मोरिस रोबिन्सन विरुद्ध हत्या आरोपमा मुद्दा दायर गरिएको हो ।
 
उनलाई लरी भेटिएको ग्रेस्को औद्यौगिक क्षेत्रबाट शव फेला परेको केही समयपछि पक्राउ गरिएको थियो ।
 
हत्या आरोपित रोबिन्सनलाई भोलि अदालतमा पेश गर्ने तयारी गरिएको छ ।
 
उनीमाथि ३९ जनाको हत्या गरेको, ट्राफिकका लागि षडयन्त्र, गैरकानूनी आप्रवासनमा सहयोग गरेको आरोप लगाइएको छ ।
 
प्रहरीले अनुसन्धानका क्रममा थप तीन जनालाई पक्राउ गरिएको जनाएको छ ।
 
बेलायती अधिकारीहरुले मृतक चिनियाँ मूलका नागरिकको शनाखत गर्न सकेका छैनन । एजेन्सी