शुल्क फिर्ताको माग गर्दै आज पनि माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन

कार्तिक २०,२०७६

-

कार्तिक २०,२०७६ काठमाडौं।
मेडिकल कलेजहरुले बढी शुल्क असुल गर्दा पनि सरकारले कारवाही नगरेको भन्दै मेडिकल कलेजका विद्यार्थीहरुले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । 
 
उनीहरुले मोफसलमा प्रदर्शन गर्दा आफूहरुका माग नसुनेको भन्दै माग पूरा नभएसम्म राजधानी केन्द्रित प्रदर्शन गर्ने बताएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले सरकारले तोकेको भन्दा बढी रकम असुल गरेका मेडिकल कलेजले फिर्ता गर्न सरकारले दिएको निर्देशन पनि नमानेको, आफ्नो निर्देशन नमान्ने कलेजलाई सरकारले कारबाही पनि गर्न नसकेको बताए । 
 
चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युनिर्भसल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेजलगायतका विद्यार्थीहरुले सरकारले तोकेको भन्दा बढी असुल गरेको रकम मेडिकल कलेजले फिर्ता गर्नुपर्ने, विद्यार्थीलाई मानसिक तनाव दिन नपाउने र परीक्षा सार्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनमा उत्रेका हुन् ।