लिपुलेक नयाँ नक्साबाट हट्दैनः भारतीय विदेश मन्त्रालय !

कार्तिक २१,२०७६

-

कार्तिक २१,२०७६ काठमाडौं ।
भारतले आफ्नो नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ। 
 
बिहीबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएको हो। 
 
भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको बताए।
 
नयाँ नक्साले कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन गरिएको छैन’, उनले भने।