उद्योगी रुप ज्योति र छोरी सुरुचीलाई ३ दिन थुनामा राख्न आदेश

कार्तिक २२,२०७६

-

कार्तिक २२,२०७६ काठमाडौं ।
काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।
 
शुक्रबार जिल्ला अदालत काठमडौंले हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो ।
 
परिसरका डीएसपी होबिन्द्र बोगटीले अदालतको आदेशपछि आरोपीविरुद्धको उजुरीमा अनुसन्धान अगाडि बढाइने बताए ।
 
प्रहरीले उनीहरुलाई एक साता थुनामा राख्न अनुमति मागेको थियो । दुवै जना बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
 
गत मंगलबार सर्वोच्च अदालतले रुप ज्योति र सुरुचीलाई पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो ।