विदेशबाट फर्केका यात्रुले ल्याउने सुनको भन्सार दरमा बढोत्तरी

कार्तिक २४,२०७६

-

कार्तिक २४,२०७६ काठमाडौं ।
 
सरकारले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहनामा भन्सार महसुल दर बढाएको छ। पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले यस्तो निर्णय गरेको हो। 
 
मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो ।सुनको भन्सार महसुलमा करिब २१ प्रतिशतले वृद्धि भएको छ । 
 
नयाँ दर अनुसार पहिलो ५० ग्रामसम्म सुन ल्याउने यात्रुले प्रति दश ग्राम ७ हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्ने हुन्छ । यसभन्दा पहिले सोही मात्राको सुनमा प्रति १० ग्राम ६ हजार दुई सय रुपैयाँ मात्रै तिर्नुपर्थ्यो।