म्यान्चेस्टर सिटीमाथी लिभरपूलको ३-१ को जित

कार्तिक २५,२०७६

-

कात्तिक २५, २०७६ काठमाडौं ।
इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपूलले साविक विजेता म्यान्चेस्टर सिटीलाई ३–१ ले हराएको छ ।
 
गएराती आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन फाबिन्हो, मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे ।
 
सिटीका बर्नार्डो सिल्भाले एक गोल फर्काए । जितसँगै लिभरपुलले दोस्रो स्थानको लेष्टर सिटीसँग ८ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो पारेको छ ।
 
१२ खेलबाट लिभरपुलको ३४ अंक भएको छ भने समान खेलबाट २६ अंक जोडेका लेष्टर सिटी र चेल्सी क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।
 
चौथो स्थानको म्यान्चेस्टर सिटीको २५ अंक छ । प्रिमियर लिगकै अर्को खेलमा गएराती म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई ३–१ ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले एस्टन भिल्लामाथि २–१ को जित निकालेको छ ।