बहिरा कलाकारा अभिनित गीत ‘बैनी झ्यालैमा...’

कार्तिक २५,२०७६

-

कार्तिक २५,२०७६काठमाडौं ।
बहिरा कलाकारा अभिनित गीत ‘बैनी झ्यालैमा...’को भिडियो सार्वजनिक भएको छ । 
प्रकास दुतराजको स्वर, शब्द, सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
 
प्रकाशकै निर्देशन कथा रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छन् । 
 
करणले छायाँकन गरेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ । भिडियाको प्रोडक्सन म्यानेजर टेक बम हुन् ।
 
एभरेस्ट विश्व कृतिमानी तथा मिस एसइई २०१९ कि चौथो रनरअप बहिरा कलाकार सुजल बम द्वारा अभिनय गरिएको यो दोस्रो म्युजिक भिडियो हो ।
 
यस अघि विश्वकीर्तिमानी डा.डीआर उपाध्यायको गीत ‘झिम झिम परेली...’मा उनले अभिनय गरेकी थिइन । श्रद्धा भुसालको भने यो पहिलो हो म्युजिक भिडियो हो । 
 
भिडियो हेर्न लिंकमा जानुहोस-