विश्वकप छनोटः एन्फालाई कुवेतसँगको खेल भुटानमा गर्न एएफसीको स्वीकृति

कार्तिक २५,२०७६

-

कार्तिक २५,२०७६ काठमाडौं ।
विश्वकप तथा एसियाली छनोट अन्तगर्त कुवेतसँगको होम म्याच भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउन एसियाली फुटबल महासंघ ९एएफसी०ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्वीकृति दिएको छ । 
 
मंसिर ३ गते काठमाडौंको दशरथ रंगशालामा हुनुपर्ने खेल रंगशालाको निर्माण सम्पन्न नभएको भन्दै एएफसीको टेक्निकल कमिटीले अस्वीकृत गरेपछि एन्फाले भुटानमा खेलाउन फिफा र एएफसीमा प्रस्ताव गरेको थियो ।
 
कुवेत र नेपाल फुटबल संघको लामो जुहारीपनि एएफसीले भुटानमै खेल कुने निश्चित गरिदिएको एन्फाका प्रवक्ता किरण राईले बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
 
विश्वकप छनोटको अवे खेलमा नेपालले कुवेतसँग ७-० को फराकिलो हार ब्यहोरेको थियो । नेपालले चाइनिज ताइपेइलाई हराएको थियो भने जोर्डन र अष्ट्रेलियासँग पराजित भएको थियो ।