डा.केसीका माग पूरा गर्न चिकित्सक संघको माग

कार्तिक २५,२०७६

-

कार्तिक २५,२०७६ काठमाडौं ।
नेपाल चिकित्सक संघले विगत आठ दिनदेखि डडेलधुरामा अनशनरत डा.गोविन्द केसीको माग पूरा गर्न सरकारसँग माग गरेको छ । 
 
सोमबार संघले विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न वार्ता गरी समस्याको समाधानमा पहल गर्न माग गरेको हो । 
 
“नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई संविधानको भावना र मर्म बमोजिम स्थानीय तह सम्म पुर्‍याई, सर्वसाधारण नागरिकहरुको सहज पहुँचका निम्ति पटक पटक शान्तिपूर्ण सत्याग्रहको माध्यमबाट नेपाल सरकार तथा नीति निर्माण तहमा रहेकाहरुलाई सजग गराउँदै आएका डा. केसी र नेपाल चिकित्सक संघबीच विगतमा भएका सम्झौताहरुको कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व भएको संघको ठहर गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।