जेबी ओलीको नयाँ गीत “सम्बन्ध” सार्वजनिक

कार्तिक २६,२०७६

-

कात्तिक २६,२०७६ काठमाडौं ।
जेबी ओलीले नयाँ सांगीतीक कोसेली “सम्बन्ध” नामक गीत भर्खरै बजारमा ल्याएका छन् । ओलीले बिगत देखी अहिले सम्म थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।
 
जे.बि.ओलीको सफल गीतहरु ठमेल बजारमा, दाङ घोराही तुलसीपुर, चौतारीको पिपल ढलेको, पैसा कमाउने, लगायत धेरै गीतहरु रहेका छन् । गीतमा जे.बि. ओलीलाई गायिका पूर्णकला बिसी ले स्वरमा साथ दिएकी छिन् भने लय, शब्द जे.बि. ले नै गरेका हुन् ।
 
गीतको म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतमलाई समझ्दारी प्रेमीको रुपमा उभ्याइएको छ भने उनलाई पुजा पराजुलीले अभिनयमा साथ दिएकी छिन् ।
 
भिडियोलाई निर्देशन रेशम सापकोटाले गरेका छन् भने छायांकन दिनेश मुस्कान र सम्पादन रोशन धितालले गरेका हुन् ।
 
गीतको अडियो तथा भिडियोलाई जेबि ओलीको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।