विदेशमा मृत्यु भएका परिवारका सदस्यले स्थानीय तहबाटै निवेदन दिन सक्ने

कार्तिक २७,२०७६

-

कात्तिक २७, २०७६ काठमाडौं ।
वैदेशिक रोजगारमा गएका कुनै पनि कादारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र कुनै कारणले मृत्यु भएमा आर्थिक सहायता प्राप्त गर्नका लागि अब स्थानीय तहमै निवेदन दिन मिल्ने व्यवस्था गरेको छ । 
 
श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा कात्तिक १८ गते जारी गरिएको व्यवस्था सबै स्थानीय तहलाई परिपत्र गरेको छ । 
 
कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठद्वारा जारी परिपत्रमा स्थानीय तहमा परेको निवेदन ७ दिनभित्रमा बोर्डमा पठाउनुपर्ने र सम्बन्धित व्यक्तिलाई जानकारी दिनुपर्ने प्रावधान उल्लेख गरिएको छ । आजको कारोबार दैनिकमा खबर छ ।