प्रविधियुक्त प्रयोगशाला निर्माणका लागि अर्थ मन्त्रालयद्धारा १५ करोड स्वीकृत !

कार्तिक २७,२०७६

-

कात्तिक २७, २०७६ काठमाडौं ।
तरकारी तथा फलफूलको विषादी परीक्षणका लागि उच्च प्रविधियुक्त प्रयोगशाला निर्माणका लागि अर्थ मन्त्रालयले १५ करोड रुपैयाँ स्वीकृत गरेको छ । विराटनगर, हेटौंडा, भैरहवा गरी तीन स्थानमा प्रयोगशाला निर्माण गर्न कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले उक्त रकम माग गरेको थियो ।
 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको असार २ गते मन्त्रालयले गएको असार २ गते सीमा नाकाहरुमा विषादी परीक्षण गरेपछि मात्रै तरकारी तथा फलफूल भित्र्याउने निर्णय गरेको थियो । 
 
सीमा नाकामा विषादी परीक्षणको  व्यवस्था नहुनुका साथै रोकिएका तरकारी तथा फलफूललाई नाका खुला गर्न भारतको दबाब आएपछि सरकार निर्णय कार्यान्वयनबाट पछि हटेको थियो । यो खबर आजको आर्थिक अभियानमा दुर्गा लामिछानेले लेखेका हुन् ।