महिला टि-ट्वान्टी क्रिकेटःनेपालले चीनलाई ८ विकेटले हरायो

कार्तिक २७,२०७६

-

कात्तिक २७, २०७६काठमाडौं ।
बी एण्ड आर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले सहज जित निकालेको छ । बुधबार भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले पराजित गरेको हो । 
 
चीनले दिएको ३८ रनको सामान्य लक्ष्य नेपालले सहजै पूरा गर्न सफल भएको थियो । चीनले १० ओभरमा ३७ रन बनाउँदै पूरै विकेट गुमाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ६ ओभरमा दुई विकेट गुमाउँदै ३८ रन बनाउन सफल भएको थियो । 
 
प्रतियोगितामा यो नेपालको पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग २९ रनले पराजित भएको थियो । नेपालका लागि तीन विकेट लिएर एक मेडन ओभर फालेकी इश्वरी विष्ट प्लेअर अफ दी म्याच चुनिइन् ।