प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच भेट,समसामयीक बिषयमा कुराकानी

कार्तिक २७,२०७६

-

कात्तिक २७,२०७६काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र ब‌गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच बुधबार भेटवार्ता भएको छ ।
 
काठमाडौंको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी थिए।
 
मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदले बुधबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग पनि भेट गरेका छन् ।