सीमा विवाद चाँडै सुल्झाउन महेन्द्रनगरका पत्रकारहरुको आग्रह

कार्तिक २७,२०७६

-

कालापानीलगायत सीमा विवादको टुंगो प्रधानमन्त्रीको तहबाट कुटनीतिक तवरले चांडै सुल्झाउनुपर्ने सुझाव बरिष्ठ सञ्चारकर्मीहरुले दिएका छन् । 
 
महेन्द्रनगरमा बुधवार आयोजित ‘सीमा विवाद र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रियामा उनीहरुले सरकारले पर्याप्त सुरक्ष्ाँ संवेदनशीलता देखाउनुपर्ने धारणा राखे ।
 
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा महेन्द्रनगरको पत्रकारहरुले यो क्षेत्रमा भारतीय पक्ष्ँबाट भएको आक्रमणले नेपालीलाई पीडा भएको उल्लेख गर्दै आफूहरुले निरन्तर खबरदारी गर्ने सुनाए । 
 
‘यो प्रधानमन्त्री तहबाटै कुटनीतिक पहल गरी टुंगो लगाउनुपर्ने विषय हो । तर यसतर्फ किन ढिला भइरहेको छ । मलाई आश्चर्य लागेको छ’, महेन्द्रनगरका बरिष्ठ पत्रकार चित्राङ्ग थापाले भने । 
 
उनले २ तिहाइको सरकार भएको बेला सीमा विवाद टुंग्याउन प्रधानमन्त्री केपी ओलीलाई ऐतिहासिक अवसर भएको बताए । यो मुद्दालाई सचिवस्तरीय नभै माथिल्लो तहबाटै समाधान खोजिनुपर्ने थापाले सुनाए । 
 
प्रेस काउन्सिलका पूर्व सदस्य एवं बरिष्ठ पत्रकार कर्णदेव भट्टले केन्द्रमा संसद बोलाई यो विषयमा सांसदहरुले छलफल चलाउनुपर्ने र प्रधानमन्त्री ओलीले भारत पक्ष्ँसित आवश्यक निर्णय गर्नुपर्ने सुझाव दिए । 
 
दार्चुलाको कालापानी क्ष्ँेत्रको नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखी नक्सा सार्वजनिक भएपछि सीमा विवाद पुन चर्किएको हो । यो विषयमा सम्बन्धित सुदुरपश्चिम प्रदेशमा पहिलोपटक सञ्चारकर्मी र नागरिक समाज उभिई कार्यक्रम आयोजना भएको हो ।
 
बरिष्ठ पत्रकार एवं मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीले सीमा विवाद र राष्ट्रवादको मुद्धालाई राजनीतिक दलहरुले सत्तामा पुग्ने भ¥याङ्ग मात्र बनाएको दावी गरे । 
 
कालापानी र सुस्ता क्ष्ँेत्रमा दुई देशबीचको सीमा लाइन नै नकोरिएको भन्दै भण्डारीले सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताए । उनले नेपाली सेनालाई विवादित क्ष्ँेत्रमा खटाउनुपर्ने, सीमा क्ष्ँेत्रको वासिन्दालाई राज्य भएको अनुभूति दिलाउनृुपर्ने धारणा राखे ।
भण्डारीले मिचेको क्ष्ँेत्र सट्टापट्टाबाट सोधभर्ना समेत गर्न नहुने सुझाव दिए ।