भारत र चीन दुवैसँग सीमा समस्या समाधानका लागि कुटनीतिक पहल गर्न माग

कार्तिक २७,२०७६

-

कार्तिक २७,२०७६ काठमाडौं ।
नेपाल रिपब्लिक पार्टीले नेपालले आफ्नो भूमी रक्षाको लागि भारत र चीन दुवैसँग गम्भिर भएर तत्काल कुटनीतिक कदम चाल्नुपर्ने माग गरेको छ । 
 
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले भारत र चीन दुवै मित्रराष्ट्रसँग नेपाल सरकारले कुटनीतिक रुपमा सीमा विवादको समाधान गर्नुपर्ने बताएको हो ।
 
पार्टीका प्रेसिडेन्ट सिदार्थ गौतमले नेपालको सुदूर पश्चिमी भूभाग कालापानी–लिपुलेक, भारत सरकारद्वारा हालै प्रकाशित भारतको नक्शामा समावेश भएकोबारे आफ्नो पार्टीको गम्भिर ध्यानाकार्षण भएको बताए । 
 
उनले आफ्नो पार्टीले उक्त क्षेत्र र अन्यत्रको समेत सीमा विवाद उच्चस्तरीय द्धिपक्षीय कूटनीतिक, राजनीतिक अग्रसरताद्वारा शिघ्रातिशीघ्र समाधान होस भन्ने जोडदार माग गरेको सुनाए ।