राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षी हमिदबीच द्विपक्षी हितका विषयमा छलफल

कार्तिक २७,२०७६

-

कार्तिक २७,२०७६ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । 
 
राष्ट्रपति भण्डारीलाई भेट्न बंगलादेशी समकक्षी हमिद राष्ट्रपति निवास शितलनिवास पुगेका थिए । उनले राष्ट्रपति निवासमा राखिएको अतिथि पुस्तिकामा समेत हस्ताक्षर गरेका छन् । 
 
राष्ट्रपति भण्डारी र सकमक्षी हमिदबीच द्विपक्षी हितका विषयमा औपचारिक छलफल भएको परराष्ट्र मन्त्रालयको ट्विटमा जनाइएको छ । 
 
हमिदले आजै राष्ट्रिय सभाका अध्यण गणेशप्रसाद तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेट गरेका थिए । 
 
मंगलबार नेपाल आइपुगेका राष्ट्रपति हमिदले मंगलबार दिउँसो भक्तपुर दरबार क्षेत्र अवलोकन गरेका थिए भने बेलुका परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका थिए । उनी २९ कात्तिकमा स्वदेश फर्किनेछन् ।