फास्ट ट्र्याक सुपरिवेक्षणमै अनियमितताः उपरथी र सहायक रथीमाथि कारबाही

कार्तिक २८,२०७६

-

कात्तिक २८,२०७६ काठमाडौं ।
नेपाली सेनाले काठमाडौँ-तराई मधेस दु्रतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधकि बोर्ड सदस्यलाई कारबाही गरेको छ ।
 
प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिततामा कडा बन्ने रणनीति लिएअनुरुप दु्रतमार्गको अनियमितताका विषयमा मुछिएका तत्कालीन प्रमुख र प्राविधिक मूल्यांकन बोर्डका सदस्यमाथि कारबाही भएको हो । आजको राजधानी दैनिकमा खबर छ।