अस्पतालहरुले बिरामी ल्याउन एम्बुलेन्स चालकलाई भोज र कमिसन दिने गरेको खुलासा !

कार्तिक २८,२०७६

-

कात्तिक २८,२०७६ काठमाडौं ।
नयाँ पत्रिका दैनिकले एम्बुलेन्सचालकलाई भोज खुवाएर अस्पतालले अफर दिने गरेको र एक बिरामी ल्याउनेलाई सात हजार कमिसन समेत दिने गरेको समाचार प्रकाशित गरेको छ । स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनीयताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ ।
 
यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्सचालकलाई सात हजार कमिसन दिने घोषणा गरेको छ । बुधबार चितवनका करिब ३५ एम्बुलेन्सचालकलाई न्यु पिस फेमिली कटेजमा बोलाएर भोजसहित ज्याकेट पनि वितरण गरिएको समाचारमा उल्लेख छ ।
 
भरतपुर-१० सप्तगण्डकी रोडमा रहेको न्यु पिस फेमिली कटेज रेस्टुरेन्ट एन्ड लजमा बुधबार एम्बुलेन्सचालकको भेला गरिएको हो । उपस्थितमध्ये दुई एम्बुलेन्सचालक बुटवलबाट आएका थिए भने बाँकी चितवनकै हुन् ।
 
नेपाल नेसनल हस्पिटल कलंकीका बिजनेस डेभलपमेन्ट अफिसर समीर शर्मा अस्पतालको अफर लिएर सो कटेजमा पुगेका थिए । उनले एम्बुलेन्स मगाउने आफन्तलाई प्रभावित गरेर बिरामीलाई आफ्नो अस्पतालमा ल्याइदिन चालकहरूलाई आग्रह गरेका थिए । जुनसुकै रोगको बिरामी भए पनि आफ्नै अस्पतालमा ल्याइदिन उनको जोड थियो ।
 
यता, रौतहट बम विस्फोट काण्डका मुख्य अरोपीको पक्षमा पैरवी गरिरहेका वरिष्ठ अधिवक्ताहरुले पटक–पटक चुनाव जित्ने लोकप्रिय नेतालाई फसाउन राज्य, मिडिया र सामाजिक सञ्जाल योजनाबद्ध रुपमा लागेको जिरिक गरेको समाचार पनि प्रकाशित गरेको छ । जाजको नयाँ पत्रिकामा खबर छ ।