नेप्से परिसुचकमा केही सुधार

कार्तिक २८,२०७६

-

कार्तिक २८,२०७६ काठमाडौं। 
साताको अन्तिम दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचकमा झिनो सुधार आएको छ  । आज नेप्से ०.७९ अंकले बढेर एक हजार एक सय ३५.९५ अंकमा पुगेको हो । 
 
नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स्ट भने ०.११ अंकले घटेर २५०.०६ अंकमा पुगेको छ  । आज बजारमा १६३ कम्पनीका ८ लाख ३३ हजार ८८१ कित्ता सेयर २२ करोड ८३ लाख ५७ हजार ४९३ रुपैयाँमा कारोबार भए । 
यस दिन कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये  आठ समूह उकालो लागे भने बाँकी चार समूह ओरालो लागे  । उकालो लाग्नेमा ट्रेडिङ समूह सर्वाधिक २२.४४ अंकले उकालो लाग्यो भने माइक्रो फाइनान्स् समूह सर्वाधिक ६.७ अंकले ओरालो लाग्यो । 
 
बिहिबार बजारमा एनएमबि बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर चार करोड २९ लाख ६८ हजार ३७ रुपैयाँका कारोबार भएको हो । यस दिन साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वाधिक ९.९१ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, ग्लोबल आईएमई सम्मुनतका लगानीकर्ताले सर्वाधिक ५.६६ प्रतिशत सेयर मूल्य गुमाए ।