प्रधानमन्त्री सचिवालयका १३ मध्य ६ जनाको राजीनामा स्वीकृत

कार्तिक २९,२०७६

-

कात्तिक २९,२०७६ काठमाडौं ।
प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका सचिवालयका छ जनाको मात्रै राजीनामा स्वीकृत भएको छ। केहीअघि प्रधानमन्त्रीको निर्देशनअनुसार सचिवालयमा रहेका १३ जनाले राजीनामा दिएका थिए।  
 
 प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र  कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ।
 
सचिवालयका अनुसार प्रधानमन्त्रीको सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस विज्ञ रामसरण बजगाईँ लगायत भने यथावत रहेका छन्।