चारदिने भ्रमण सकेर बंगलादेशका राष्ट्रपति स्वदेश फिर्ता

कार्तिक २९,२०७६

-

कार्तिक २९,२०७६ काठमाडौं ।
 
चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद शक्रबार साँझ स्वदेश फर्किएका छन् । 
 
उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति भण्डारीले बिदाई गरेकी थिइन् । नेपाल बसाइँको क्रममा उनले उपत्यकाका पर्यटकीयस्थलका साथै पोखराको पनि भ्रमण गरेका थिए ।