कांग्रेसमा आन्तरिक मनमुटाव चर्कियो, पौडेल पक्षधरको विरोध जारी

मंसिर ३०,२०७६

-

काठमाडौं । कांग्रेस भित्र गुटगत मनमुटाव चुलिंदै गएको छ । संस्थापन पक्ष र संस्थापन इतरपक्ष विच भएको यो टकरावले केन्द्रीय समितिको वैठक नराम्रोसंग प्रभावित भएको छ । ३ दिनदेखि केन्द्रीय वैठकमा एक पक्ष मात्र सहभागी छन् । अर्को पक्ष वैठकमा गएको छैन । संस्थापन पक्षका सदस्यले मात्र वैठकमा भाग लिइराखेका छन् । 
  आज सोमवार पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा डाकेको वैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर सहभागी भएनन् । केहि दिनदेखि पौडेल पक्षधरलाई सहमतिमा ल्याउन सभापति शेरवहादुर देउवा स्वंय निकै दौडधुप गरेका थिए । तर, पौडेल पक्षले आउँदो १४ औं महाधिवेशनको एजेण्डाका कार्य तालिका पेश गर्नुपर्ने अडान राखेर वैठक बहिष्कार गर्दे आएका छन् ।  
 आजै साँझ पौडेल पक्षले आफ्ना निकटका नेताहरुको वैठक डाकेको छ । वैठकले अझ शशक्त निर्णय गर्ने पौडेल निकट एक नेताले बताए । संस्थापन पक्षले विहानैदेखि पौडेल पक्षलाई वैठकमा सहभागी गराउन नेता प्रकाशमान सिंहसंग वार्ता गरेको थियो ।