कतारको जेलमा रहेका ९ जना नेपाली आममाफीसहित रिहाइ

पौष १०,२०७६

-

पुस १०,२०७६ काठमाडौं ।
कतार सरकारले विभिन्न आरोपमा जेल सजाय भोगिरहेका ९ जना नेपालीलाई आममाफी दिएको छ ।
 
कतारको राष्ट्रिय दिवसका अवसरमा पारेर कतारस्थित केन्द्रीय कारागारमा सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारले आममाफीसहित रिहाइ गरेको हो ।
 
आममाफी पाएका नेपाली नागरिकहरुलाई नेपाल फिर्तीको तयारी गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाएका ९ जना मध्ये राहदानी नभएकाहरु ४ जनाको नाममा यात्रा अनुमति पत्र जारी गरिएको समेत दूतावासले जनाएको छ ।