सलमान खानको ‘रिब्रान्डिङ’ शो-रुम दरबारमार्गमा खुल्यो

पौष १३,२०७६

-

 पुस १३, २०७६ काठमाडौं ।
बलिउडका चर्चित नायक सलमान खानका पारखीका लागि उनको चर्चित ब्राण्ड नेपालको बिइङ ह्युमनक्लोथिङको ‘रिब्रान्डिङ’ गरिएको शो-रुम दरबारमार्गमा खुलेको छ ।
 
 नेपालका लागि बिइङ ह्युमनक्लोथिङको आधिकारिक बिक्रेता वस्त्र इन्क प्रालीले दरबारमार्गको स्टोरमा संस्थापक सलमानखानको जन्मदिनका अवसरमा ‘रिब्रान्डिङ’ हुरु गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । 
 
केही समय आन्तरिक समस्याका कारण बन्द रहेको उक्त शो–रुम औपचारिकरुपमा पुनःसञ्चालनमा आएको विज्ञप्तीमा जनाईएको छ ।
 
विभिन्न देशमा रहेका बिइङ ह्युमनक्लोथिङको ‘शो–रुम’ मा सलमानखानको ५४औँ जन्मोत्सव मनाइको र नेपालमा पनि खानको जन्मदिन मनाइएको थियो । 
 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदीपचन्द्र बख्रेलले मानवताको भावनाअनुरुप गरीब तथा विपन्न नागरिकलाई रोजगारीको सिर्जना गर्ने उद्देश्यसहित कम्पनी शुरु गरिएको बताए ।
 
सलमानखान बलिउड सुपर स्टारभन्दा पनि सामाजिक गतिविधिमा सक्रिय बिइङ ह्युमन फाउण्डेसनका संस्थापकका रुपमा जन्मदिन मनाएका उनले बताए ।
 
वस्त्र इन्कका सञ्चालक राजु थापा क्षेत्रीले सेवाग्राहीको चाहनाबमोजिम नयाँ व्यवस्थापन र नयाँ ऊर्जाका व्यवसाय शुरु गरिएको बताए ।
 
 खानको जन्मदिनका अवसरमा वस्त्र इन्कले आफ्ना ग्राहकलाई प्रत्येक १५ हजारको खरिदमा विशेष छुट दिएको तथा सलमानखानको फिल्म दबगं–३ को च्यारिटी शो गरिएको कम्पनीले उल्लेख गरेको छ ।