नियमविपरीत एकै पूर्वप्रधानमन्त्रीको सुरक्षामा ७७ जना सुरक्षाकर्मी

पौष २९,२०७६

-

पुस २९,२०७६ काठमाडौं ।
 
सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्य्विधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्य्विधि मिचेका हुन् ।
 
 
पूर्वप्रधानमन्त्री दाहाललाई कार्य्विधिअनुसार सुरक्षा प्रयोजनका लागि नौ जना सुरक्षाकर्मी उपलब्ध गराइनुपर्नेमा ७७ जना दिइएको छ । 
 
 
यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत कार्य्विधि मिचेर सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई १९ जना सुरक्षाकर्मी दिइएको छ । 
 
 
यसैगरी, पूर्वप्रधानमन्त्री देउवाले ३८ जना सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई समेत कार्य्विधि मिचेर २९ जना बढी सुरक्षाकर्मी दिइएको हो । 
 
आजको राजधानी दैनिकमा खबर छ। 
 
 
कसका निवासमा कति सुरक्षाकर्मी ?
 
पुष्पकमल दाहाल- ७७ जना
शेरबहादुर देउवा- ३८ जना
झलनाथ खनाल-१९ जना
माधवकुमार नेपाल- १७ जना
डा। बाबुराम भट्टराई- ११ जना
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी- १० जना
लोकेन्द्रबहादुर चन्द- १२ जना