डिभोर्स पछि रामकृष्ण ढकालको गीतमा राजेन्द्र वाग्लेको अभिनय

कति छिट्टै बितेझै लाग्यो.....

माघ ०१,२०७६

-आस्था न्युज

काठमाण्डौं ।  कलाकारिता र सृजना मान्छेमा लुकेको निहित बिशेष गुण हो l त्यसैले होला सायद  दुइ दशक भन्दा लामो समय सरकारी सेवामा बिताएका र हाल सर्वोच्च अदालतमा कार्यरत उप सचिव राजेन्द्र वाग्ले आफ्नो अभिनयलाई जीवन्त राख्दै  फेरि नयाँ गीतमा देखा परेका छन् l

भर्खरै पारपाचुके गरेका गायक रामकृष्ण ढकालले सम्भवत पारपाचुके पछि आफ्नो आवाज दिएर रेकर्ड गरेका र बजारमा आएको नयाँ गीत ‘बर्षोको हाम्रो साथ कति छिट्टै बितेझै लाग्यो.....मा पारिवारिक सम्बन्ध सुमधुर बनाएका उप सचिव वाग्लेको सशक्त अभियन गरेका छन्  । गीतकार बिष्णु सामले लेखेका उक्त गीतलाई म्युजिक नेपालले रेकर्ड गराएको हो l  

 

भर्खरै युटुबमा सार्वजनिक गरिएको म्युजिक भिडियोमा राजेन्द्र वाग्लेले जीवन्त अभियान गरेका छन् l भिडियोमा वाग्ले  सहित कलाकार रश्मी भट्ट र  शीतल पाण्डेको कुशल अभिनय देख्न सकिन्छ  l  राज  केसीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा मुकेश हुमाँगाइले छायांकन गरेका छन्  ।

 

वाग्लेले यस अघि पनि  गायक कुमार पौडेलको गीति  एल्वम ‘यो दुनियाँ’को गीतमा समेत मोडलिङ एवं अभिनय गरिसकेका छन् ।