माघ ०१,२०७६
-आस्था न्युज
काठमाण्डौं । कलाकारिता र सृजना मान्छेमा लुकेको निहित बिशेष गुण हो l त्यसैले होला सायद दुइ दशक भन्दा लामो समय सरकारी सेवामा बिताएका र हाल सर्वोच्च अदालतमा कार्यरत उप सचिव राजेन्द्र वाग्ले आफ्नो अभिनयलाई जीवन्त राख्दै फेरि नयाँ गीतमा देखा परेका छन् l
भर्खरै पारपाचुके गरेका गायक रामकृष्ण ढकालले सम्भवत पारपाचुके पछि आफ्नो आवाज दिएर रेकर्ड गरेका र बजारमा आएको नयाँ गीत ‘बर्षोको हाम्रो साथ कति छिट्टै बितेझै लाग्यो.....मा पारिवारिक सम्बन्ध सुमधुर बनाएका उप सचिव वाग्लेको सशक्त अभियन गरेका छन् । गीतकार बिष्णु सामले लेखेका उक्त गीतलाई म्युजिक नेपालले रेकर्ड गराएको हो l
भर्खरै युटुबमा सार्वजनिक गरिएको म्युजिक भिडियोमा राजेन्द्र वाग्लेले जीवन्त अभियान गरेका छन् l भिडियोमा वाग्ले सहित कलाकार रश्मी भट्ट र शीतल पाण्डेको कुशल अभिनय देख्न सकिन्छ l राज केसीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा मुकेश हुमाँगाइले छायांकन गरेका छन् ।
वाग्लेले यस अघि पनि गायक कुमार पौडेलको गीति एल्वम ‘यो दुनियाँ’को गीतमा समेत मोडलिङ एवं अभिनय गरिसकेका छन् ।