अमेरिका र चीनबीच व्यापार सहजीकरण गर्ने समझदारीमा हस्ताक्षर

माघ ०२,२०७६

-

माघ २,२०७६ काठमाडौं ।
अमेरिका र चीनबीच व्यापार युद्धलाई सहज गर्नका लागि दुईपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । दुई देशबीचको व्यापार युद्धका कारण विश्वकै अर्थतन्त्रलाई अप्ठेरो परिरहेको बेलामा दुई मुलुकबीच समझदारीमा हस्ताक्षर भएको हो । वाशिङटनमा सहमतिबारेमा कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सहमति अमेरिकी अर्थतन्त्रका लागि परिवर्तनकारी हुने बताएका छन् ।
 
चिनियाँ नेताले यो समझदारीलाई‘ विन विन’ डीलको संज्ञा दिएका छन् ।  यसले दुई मुलुकबीचको सम्बन्धमा राम्रो अवस्था सिर्जना गर्ने  जनाएका छन् ।
 
चीनले अमेरिकी उत्पादन सन् २०१७ को भन्दा २०० बिलियन डलरले बढाउने र बौद्धिक सम्पतिमाथिको नियमलाई सबल बनाउने प्रतिबद्धता जनाएको बताइएको छ । 
 
यस्तै अमेरिकाले चिनियाँ उत्पादनमा यस अघि लगाइएका कतिपय नयाँ करहरुलाई आधामा झार्ने प्रतिबद्धता जनाएको छ । यद्यपि सीमा क्षेत्रमा लगाइने अधिकांश करहरु भने यथावत रहने जनाइएको छ । 
 
यसले गर्दा आगामी दिनमा पुनः दुई पक्षीय वार्ता हुनुपर्ने अवस्था रहेको छ ।  समझदारीपत्रमा अमेरिकाका तर्फबाट राष्ट्रपति ट्रम्प र चीनका तर्फबाट उपप्रधानमन्त्री लिउ हीले हस्ताक्षर गरेका छन् । 
 
उनले सहमति समानता र परस्पर सम्मानको आधारमा गरिएको जनाएका छन् । यसलाई दुई देशबीचको पहिलो चरण (फेज वन)को सहमति मानिएको छ । बीबीसी