मन्त्रिपरिषद् निर्णय:

लगानी बैंकको १२ अर्ब ७६ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय

माघ ०२,२०७६

-

माघ २,२०७६ काठमाडौं ।
 
सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली युनियन लगानी बैंकबाट प्राप्त हुने करिब रु १२ अर्ब ७६ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
 
विहीवार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २० वटा निर्णयहरु सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
 
सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरुको पारिश्रमिक वृद्धि गर्ने निर्णय पनि गरेको छ ।
 
त्यस्तै, बाँस्कोटाले नेकपाका स्थायी कमिटी सदस्य भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको विषयमा कुनै सत्यता नभएको बताएका छन् ।
नेता रावललाई बालुवाटारबाट ज्यानमार्ने धम्की आएको विषयमा पत्रकारले मन्त्री बाँस्कोटालाई प्रश्न गरेका थिए ।
 
जवाफमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले भने,‘भीम रावल ज्यूको ज्यान लिने धम्की बालुवाटारबाट आयो भन्ने कुरा तपाईलाई पत्यार लाग्छ रु प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र ? कसैको ज्यान नै लिने ।
 
प्रधानमन्त्री बहस गर्न रुचाउनु हुन्छ त्यो बहस हुनसक्छ, मन पर्न सक्छ, नपर्न सक्छ, विरोध हुनसक्छ वा नेताहरुको भाषणको विषय बन्न सक्छ । तर ज्यान लिने धम्कीमा कुनै सत्यता छँदा पनि छैन हुँदा पनि होइन ।’
 
मन्त्री बाँस्कोटाले यदी नेता रावलमाथि ज्यान लिने धम्की आएको भए उहाँले धम्की दिने व्यक्ति वा नम्बरबारे जानकारी गराउनुपर्ने बताए ।
 
 मन्त्रिपरिषद्ले गरेका २० वटा निर्णयहरु :