शेयर कारोबारमा सुधार

माघ ०२,२०७६

-

माघ २,२०७६ काठमाडौं ।
 
धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो लाग्दै आएको बजारले गति समात्दा बजार एक हजार ३०० को विन्दुमाथि पुगेको छ । 
 
लगानीकर्तामा एक प्रकारको सकारात्मक प्रभाव परेपछि बजारले गति समातेको टिप्पणी भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २६ अङ्कको सुधार भई एक हजार ३१०.२३ मा पुगेको हो । 
 
यस्तै सेन्सेटिभ परिसूचक समेत ३.९० ले वृद्धि भई २८२.८७ मा पुगेको छ । नेप्सेले ‘बुलिस टे«न्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयर रु एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भएको छ । 
 
यस साता बजारले नयाँ उचाइ प्राप्त गरेको कारोबार रकमबाट पनि पुष्टि भएको छ । बीमा समूहमा देखिएको सकारात्मक प्रभावका कारण बजारले गति समातेको देखिन्छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर घटेको छ ।
 
सो उपसमूह १.७ ले ओरालो लाग्दा बैंकिङ १९.३८, व्यापार २८.५९, होटल ७४.५५, विकास बैंक ४१.८४, जलविद्युत् ७.९७, वित्त २६.५५, निर्जीवन बीमा १२५.७१,उत्पादन ९७.३१, लघुवित्त ७६.१८, जीवन बीमा २४२.५८ र सामूहिक लगानी कोष ०.३२ ले बढेको छ । 
 
नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ३८ लाख ९९ हजार ६३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।