सहिद स्मारक ‘ए’ डिभिजनः हिमालयन शेर्पासँग मच्छिन्द्र पराजित

माघ ०३,२०७६

-

माघ ३,२०७६ काठमाडौं ।
 
कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मछिन्द्र फुटबल क्लब हिमालयन शेर्पासँग पराजित भएको छ । 
 
शुक्रबार भएको खेलमा शीर्ष स्थानको मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २-० गोल अन्तरले पराजित भएको हो ।
 
एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो मिनेटमा पिटर सेगुनले आत्मघाती गोल गर्दा शेर्पाले अग्रता बनाएको थियो । खेलको २० औँ मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई २-० को जित दिलाए ।
 
जितसँगै शेर्पाले ७ खेलमा ७ अंक जोडेको छ । शेर्पा लिगको नवौं स्थानमा समेत उक्लिएको छ । पराजित मछिन्द्रले ७ खेलमा १३ अंकसँगै लिगको शीर्ष स्थानमा यथावत छ ।