विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका बागलुङ थापामगरको निधन

माघ ०३,२०७६

-

माघ ३,२०७६ काठमाडौं ।
 
विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । 
 
थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिए ।
 
स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । 
 
रानाका अनुसार थापालाई मुटु, निमोनिया र दमको रोग देखिएको थियो ।  भर्ना गरिएलगत्तै थापालाई मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको थियो । 
 
 
उनको कद ०.६७ नापिएको छ । अक्टोबर १४, २०१० मा १८ वर्षको पुगेपछि खगेन्द्रले होचो मान्छे हुने श्रेय एडवार्ड निनो हर्नान्डिजबाट प्राप्त गरेका थिए । थापा मगर नेपालको बागलुङ जिल्ला धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्मिएका थिए । उनी गाउँलेहरू माझ सानो बुद्धू भनेर चिनिन्थे ।
 
 
जन्मदा खगेन्द्र मात्र ६०० ग्रामका मात्र थिए, अहिले उनको वजन ५.५ किलोग्राम थियो । मे २००८ मा खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलन द्वारा होस्ट गरिएको डकुमेन्ट्री द वर्ल्डस स्मलेस्ट म्यान एन्ड मी मा देखिएका थिए ।