नाट्टाको अध्यक्षमा अच्युत गुरागाई विजयी,पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने प्रतिवद्धता

माघ ०४,२०७६

-

माघ ४,२०७६ काठमाडौं ।
 
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै अच्युत गुरागाई विजयी भएका छन् ।
 
आफ्ना प्रतिस्पर्धी भिम प्रसाद पन्त र मिहीका राज्यलक्ष्मी शाह धाख्वालाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । शुक्रबार भएको मतदानबाट गुरागाईंले १ सय ५० मत प्राप्त गरे ।
 
उनका प्रतिस्पर्धी भिम प्रसाद पन्त १ सय २६ र मिहीका राज्यलक्ष्मी शाह धाख्वाले १ सय ९ मत ल्याए । निर्वाचनमा कुल ४ सय ५ मत खसेको थियो ।
 
यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्ननेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुुुुुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा यूविका भण्डारी निर्वाचित भएका छन् ।
 
यस्तै सदस्ययहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राज कुमार देवकोटा र भरत जंग पाण्डे निर्वाचित भएका छन् ।
 
विजयी भएपछि अध्यक्ष गुरागाईले निर्वाचनमा पार्टीगत रुपले राजनीति गर्ने नभइ पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने टिमले जित हासिल गरेको बताए । निर्वाचित कार्यसमितिको कार्यकाल दुई बर्षको हुनेछ ।