विण्डोज 10 अपरेटिंग सिस्टम प्रयोगकर्ताहरुको संख्या १ अर्ब पुगेको घोषणा

माघ २०,२०७६

-

माघ २०,२०७६ काठमाडौं।
 
माइक्रोसफ्टले आफ्नो अपरेटिंग सिस्टम विण्डोज १० लन्च गरेको करिब ५ वर्षमा १ अर्ब मेसिनहरुमा सो सिस्टम प्रयोग भइरहेको जनाएको छ ।
 
गएको सेप्टेम्बर मात्र माइक्रोसफ्टले ९० करोड भन्दा बढि यूजर्स विश्वभर रहेको जानकारी दिएको थियो । भने केबल ५ महिनाभित्र कम्पनीले १ अर्ब यूजर्स पुगेको घोषणा गरेको हो ।
 
सन् २०१५ मा माइक्रोसफ्टले आफ्नो विण्डोज १० लन्च गरेको थियो । त्यसबेला कम्पनीले २ देखि ३ वर्षमा नै १ अर्ब प्रयोगकर्ताहरु हुने अनुमान गरेको थियो ।
 
माइक्रोसफ्टले हालै मात्र आफ्नो पुरोना विण्डोज ७ भर्सनको सेक्यूरिटी अपडेट नआउने घोषणा गरेको थियो भने विण्डोज ७ बाट विण्डोज १० मा निशुल्क अपग्रेड हुने सुविधा दिएको छ ।