कोरोना भाइरसको नाम कोभिड-१९

माघ २९,२०७६

-

माघ २९, २०७६ काठमाडौं ।
विश्व स्वास्थ्य संगठनले नोबल कोरोनाभाइरसको नाम कोभिड-१९ (covid-2019) राखेको छ ।
 
विश्व स्वास्थ्य संगठनका प्रमुख टेडरोस एडह्यानोम गिब्रेसिसले जेनेभामा पत्रकारसँग कुरा गर्दै भने,‘हामीले कोरोनाभाइरसको नाम कोभिड-१९ राखेका छौं ।’
सीओ को अर्थ कोरोना, भीआई को अर्थ भाइरस र डी को अर्थ डिजीज भएको बताइएको छ। सन् २०१९ मा पत्ता लागेकाले यसलाई छोटकरीमा कोभिड-१९ भनिएको टेडरोसले बताए ।
 
डाक्टर टेडरोसले चीनबाट फैलन सुरु भएको यस कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि आक्रमक रुपमा लाग्नुपर्ने पनि बताए ।
 
गतवर्षको डिसेम्बरमा चीनको हुपेइ प्रान्तस्थित वुहान शहरमा पहिलोपटक नयाँ कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
 
यतिबेला विश्वका २५ भन्दा बढी मूलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ । बुधबार बिहानसम्म कोरोनाका कारण ११ सय जनाको मृत्यु भएको छ । ४५ हजारभन्दा बढी यसबाट संक्रमित रहेको बीबीसीले जनाएको छ ।