इन्दिरा तिवारीको स्वरमा रहेको गित ‘हल्का हल्का गुनगुनायो’...

फाल्गुण ०२,२०७६

-

फागुन २,२०७६ काठमाडौं ।
 
गायिका इन्दिरा तिवारीको स्वरमा रहेको गीत ‘हल्का हल्का गुनगुनायो’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।
 
यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङरमाष्टरिङ गरेका छन् ।
 
निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।
 
गीत जति राम्रो छ मुस्ताङ् र वरपरका सुन्दर दृष्य समेटिएको छ । भिडियोमा बुद्ध थापाको छायाँकन र सुरेश काफ्लेको ड्रोन रहेको छ ।