ओलम्पिकलाई कोरोनाले असर पार्दैनः जापान, प्रतियोगिता स्थगित नहुने

फाल्गुण ०३,२०७६

-

फागुन ३,२०७६ काठमाडौं ।
 
जापानको टोकियोमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नहुने जापानले प्रष्ट्याएको छ ।
 
कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भएकाले प्रतिगोगिता भाँडिएको सूचना बाहिररहँदा जापानले ओलम्पिकलाई कोरोनाले कुनै असर नगर्ने जनाएको हो ।
 
 
ओलम्पिक प्रतियोगिता आयोजक समितिका अध्यक्ष योशिरो मोरीले भने, ‘कोरोना भाइरसको सङ्क्रमणको खतरा देखाएर यो ओलम्पिक प्रतियोगिता न त स्थगित हुन्छ, नत पछाडि नै सर्छ ’
 
जापानका पूर्वप्रधानमन्त्री समेत रहेका मोरीले प्रतियोगिताको तयारीका बारेमा छलफल गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको दुई दिनको छलफल सुरु भइसकेको जानकारी समेत दिए ।
 
जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ भने २ सय ४८ जना सङ्क्रमित भएका छन ।
 
हरेक चार चार वर्षमा हुने ओलम्पिक प्रतियोगिता आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म हुँदैछ ।