इङ्ग्लिस प्रिमियर लिगः लिभरपुलले नर्विच सिटी १-० ले हरायो

फाल्गुण ०४,२०७६

-

फागुन ४, २०७६ काठमाडौं ।
 
इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले तालिकाको पुछारमा रहेको नर्विच सिटीलाई एक–शून्यको झिनो अन्तरले हरायो ।
 
लिभरपुलको जितमा साडियो मानोको दोस्रो हाफको गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ७८औँ मिनेटमा मानेले गोल गरेका थिए । 
 
यसअघिका दुई खेलमा ह्यामस्ट्रिङ इन्ज्युरीका कारण खेल्न नसकेका माने ६०औँ मिनेटमा एलेक्स आक्स्लेड च्याम्बरलिनको स्थानमा मैदान प्रवेश गरेका थिए ।
खेलमा ७२ प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले नर्विचको पोस्टमा कुल पाँच शट प्रहार गरेको थियो ।
 
जितसँगै लिभरपुलले शीर्ष स्थानमा २५ अङ्कको अग्रता लिएको छ । लिभरपुलले ७६ अङ्क बनाएको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ५१ अङ्क छ ।
 
शनिबार नै भएका अन्य खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई तीन–एकले हराएको छ । ब्राइटन र वाटफोर्डले एक–एक को बराबरी खेलेका छन् ।
 
शेफिल्ड युनाइटेडले बर्नमाउथलाई दुई–एकले हराउँदा वुल्भ्स र लेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै बर्नले एफसीले साउथह्याम्पटनलाई दुई–एकले हराएको छ ।