रामकृष्ण ढकालको स्वरमा रहेको गीत “सखी” सार्वजनिक (भिडियो सहित)

फाल्गुण ०४,२०७६

-

फागुन ४,२०७६ काठमाडौं ।
गायक रामकृष्ण ढकालले स्वरबद्ध गरेको नयाँ गीत “सखी”भर्खरै मात्र सार्वजनिक भएको छ ।
 
यस गीतमा चर्चित संगीतकार बिबि अनुरागीको संगीत तथा एरेञ्ज रहेको छ भने डा भरती शर्मा रेग्मीको शब्द रचना रहेको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको सो भिडियोमा राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।
 
उक्त गीतको भिडियोमा डा सुबास आचार्य र सुस्मीता शर्माको अभिनय हेर्न पाईन्छ । यस गीतलाई साई भिजन प्रा.लि.को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 
 
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला-
https://www.youtube.com/watch?time_continue=76&v=BLbv732wap4&feature=emb_title