पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर दुई रुपैयाँले घट्यो

फाल्गुण ०५,२०७६

-

फागुन ५,२०७६ काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ ।
 
सोमबार राति १२ बजेदेखि लागू हुने गरी तीन वटै पदार्थमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
 
अब काठमाण्डौमा पेट्रोल प्रतिलिटर एक सय आठ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम भएको छ ।
 
भारतमा तेलको मूल्य घटेपछि नेपालमा पनि समायोजन भएको निगमले जनाएको छ । तर ग्यासमा भने मूल्य समायोजन भएको छैन ।