विद्युत् प्राधिकरणले ४ लाख काठका पोलहरू विस्थापन गर्ने

फाल्गुण ०६,२०७६

-

फागुन ६,२०७६ काठमाडौं
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणले ४ लाख काठका पोलहरू विस्थापन गर्ने क्रममा रहेको बताएका छन् । 
 
प्रतिनिधि सभामा सांसहरूले सोधेका प्रश्‍को जवाफ दिने क्रममा पुनले ३ लाख नेपाल विद्युत् प्राधिकरण र १ लाख सामुदायिक जलविद्युत् आयोजनाका गरी चार लाख विद्युतीय पोल रहेको र तिनको विस्थापनका लागि सरकारले कार्यक्रम अगाडि बढाएको बताएका छन् । 
 
प्रतिनिधि सभा मंगलबारको बैठकमा नेकपा सांसद खगराज अधिकारीले काठका पोलहरू विस्थापनबारे सरकारका के योजना रहेका छन् भनेर प्रश्‍न सोधेका थिए । 
 
जवाफमा उनले चालु आर्थिक वर्षको हालसम्म ३० हजार काठका पोल विस्थापन गरिएको जानकारी दिँदै मन्त्री पुनले बाँकी काठका पोल विस्थापनका लागि प्रदेश सरकार र स्थानीय तहहरूसँग सहकार्य गरेर काम अगाडि बढाइने जानकारी दिए । 
 
काठका पोल विस्थापन गर्नका लागि विद्युत् क्षेत्रसँग सम्बन्धित सहकारीहरूसँग पनि सहकार्य गरिने उनले जानकारी दिए ।
 
काठमाडौंबाट विद्युतका तार विस्थापन गर्ने क्रम सुरु भएको बताउँदै उनले ठूला सहरहरूमा विद्युतीय पोल हटाउन लागिएको जानकारी दिए । ुकाठमाडौंमा २०२१ सम्ममा विद्युत् वितरण भूमिगत तारबाट हुने भएको छ । त्यसपछि भक्तपुर र ललितपुरमा विद्युत् तार भूमिगत बनाउने योजना रहेको छ । 
 
तेस्रो चरणमा पोखरा, भरतपुर लगायत ठूला सहरका विद्युत् तार भूमिगत बनाउने योजनामा सरकार रहेको छ, उनले भने ।
मन्त्री पुनले मध्य पहाडी र हिमाली क्षेत्रका विद्युतीकरण हुन बाँकी रहेका र राष्ट्रिय प्रसारण लाइनबाट बाहिर रहेका जिल्लाहरुमा आगामी दुई वर्षमा बिजुली पुर्‍याइने जानकारी दिए ।