प्रदेश ५ को नाम र राजधानी टुंगो नलगाए संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

फाल्गुण ०६,२०७६

-

फागुन ६,२०७६ काठमाडौं ।
प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थायी राजधानी र नाम टुंगो नलगाए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।
 
मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएको हो ।
 
संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद अष्टभुजा पाठकले देशको स्थायी राजधानी र नामाकरणको विषय संसदमा प्रवेश नगराइ लम्ब्याउन खोजिएको आरोप लगाए । उनले अब पनि ढिला गरिए कांग्रेसलाई स्वीकार्य नहुने उनले बताएका थिए ।
 
स्थायी राजधानी र नामाकरणबारे सिफारिस पेश गर्न भन्दै प्रदेश सभाले १५ सदस्यीय विशेष समिति बनाएको थियो ।