प्रजातन्त्र दिवसका अवसरमा तीन सय २९ कैदीको कैद मिनाहा

फाल्गुण ०७,२०७६

-

फागुन ७,२०७६ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् ।
 
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । 
 
नेपालको संविधानको धारा २७६, फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गरेकी हुन् । रासस